काठमाण्डौ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहर भएका छन् ।
न्युयोर्कको एक अदालतले उनलाई यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति बापत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको हो ।
एक म्यागेजिनकी लेखिका ई.जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । साथै उनले ट्रम्पमाथि आफ्नो मानहानी गरेको आरोप समेत लगाएकी थिइन।
यो मुद्दामा पूर्व राष्ट्रपति ट्रम्पलाई अदालतले दोषी ठहर्याएको बीबीसीले जनाएको छ ।तर अदालतले जीन केरलले लगाएको बलात्कार आरोपमा भने ट्रम्पलाई दोषी ठहर्याएको छैन ।ट्रम्पले अदालतको फैसलामा असन्तुष्टि जनाएका छन् । साथै उनले फैसलाविरुद्ध अपिल गर्ने प्रतिक्रिया दिएका छन् पोर्न स्टार स्टोर्मी डेनिल्सलाई पैसा दिएर दबाबमा राखेको अभियोगमा ट्रम्पमाथि अर्को फौजदारी मुद्दा पनि छ ।