• फाल्गुन २७ २०८२, बुधबार

अमेरिकाको टेक्सासमा कारले ठक्कर दिदा ८ जनाको मृत्यु

बैशाख २५ २०८०, सोमबार

टेक्सास । अमेरिकाको टेक्सास राज्यमा एक बस स्टपमा एउटा कारले ठक्कर दिँदा आठ जनाको मृत्यु भएको छ।

मेक्सिकोको सीमा नजिकैको ब्राउन्सभिल सहरमा घरबारविहीन र आप्रवासीहरूका लागि आश्रयस्थल नजिक रहेको  बस स्टपमा स्थानीय समय अनुसार बिहान ८ः३० बजे सो घटना भएको थियो। सो घटनामा परी कम्तीमा पाँच जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ।

सो घटनाको मुख्य दोषी मानिएका चालकलाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको छ । ब्राउन्सभिल प्रहरीले घटना नियोजित हो कि होइन भन्ने स्पष्ट नभएको बताएको छ । तर, यसअघि अमेरिकी सञ्चारमाध्यमले भने प्रहरीलाई उद्धृत गर्दै यो जानाजानी हमला भएको बताएको थियो।