• मंसिर १५ २०८१, शनिबार

आइतबारदेखि बजेट अधिवेशन शुरु हुँदै, आवश्यक तयारी पूरा

बैशाख २३ २०८०, शनिबार

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन भोलि (आइतबार)देखि शुरु हुने भएको छ । राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको बैठक भोलिदेखि बस्दैछ ।

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आव्हान गरेका हुन् ।

बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए । अधिवेशनको आवश्यक सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।

आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।