लण्डन । बेलायती नरेश चार्ल्स तृतीयको आज राज्याभिषेक हुँदैछ । लण्डनको वेस्टमिन्स्टर एबीमा विशेष समारोहका बिचमा आयोजना हुने राज्याभिषेक समारोहमा राजा चार्ल्सलाइ श्रीपेच पहिराइने छ ।
सो समारोहमा भाग लिन विश्वभरबाट दुई हजारभन्दा धेरै अति विशिष्ट पाहुनाहरु बेलायत पुगेका छन् । परराष्ट्रमन्त्री एनपी साउदसहितको प्रतिनिधिमण्डल बेलायत पुगिसकेका छन् । यसरी आउने पाहुनाहरुमा विभिन्न देशका राजा एवम् राजपरिवारका सदस्यहरु, विभिन्न मुलुकका राजनेताहरु, राष्ट्रपति, प्रधानमन्त्रीसहित सरकारका प्रतिनिधिहरु सो समारोहमा सहभागी छन् ।
आज हुने विशेष समारोहमा राजा चार्ल्स एवम् रानी क्वीन कन्सोर्ट क्यामिलालाई श्रीपेच पहिर्याइने कार्यक्रम रहेको बीबीसीले जनाएको छ ।
महारानी एलिजाबेथको निधन भएपछि उनका ७३ बर्षीया छोरा चार्ल्स बेलायतको राजा बनेका हुन् ।