काठमाडौं । उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरुले माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन गरेका छन् ।
आज बिहान माइतीघर मण्डला क्षेत्रमा भेला भएका किसानहरुले गोलभेँडा पोख्दै प्रदर्शन गरेका हुन् ।
उचित मूल्य नपाएको र बिचौलिया हटाउन माग गर्दै प्रदर्शन गरेको किसान बम तामाङले बताए ।
उनका अनुसार प्रदर्शनका लागि कृषि फार्मबाटै गोलभेँडा ल्याएर माइतिघरमा किसानहरु भेला भएका थिए ।
उनीहरुले गोलभेँडा तथा अन्य तरकारीको न्यूनतम समर्थन मूल्य मूल्य तोक, कृषि बिमा लागू गर लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।