विश्व पशुचिकित्सा दिवस प्रत्येक वर्ष अप्रिलको अन्तिम दिन विश्वभर मनाइन्छ । यस दिनको उद्देश्य विश्वभर पशुचिकित्सकद्वारा गरिएको पशुहरूका लागि कामको जानकारी तथा प्रोत्साहनका लागि मनाइन्छ ।
मुल प्राणीहरूको बेदनालाई अनुभूति गरेर ती वेदनाको निदान गर्नु आफैमा यस्तो अनौठो विद्या हो, जसमा कौशल संवेदना एवं विज्ञानको अदभूत समावेशीकरण रहेको छ । सत्य यो हो कि कुनै पनि राष्ट्रको महानताको मूल्याङ्कन यस तथ्यबाट गरिन्छ कि त्यहाँ पशुहरूसँग कस्तो व्यवहार गरियो !
कोभिड–१९ मा पशु चिकित्सकको भूमिका एवं पूरै विश्वमा प्रशुचिकित्साको बदलिँदो परिवेश, परिदृश्यमा विश्लेषण गरिँदैछ जसले भविष्यमा मानव पशु एवं वातावरणलाई एउटा समग्र इकाइको रूपमा राख्दै नीतिहरू तयार पार्न सकियोस् एवं यस्ता आपद विपत सङ्कटहरूको रोकथाम गर्न सकियोस् ।
संयुक्त राष्ट्रको शताब्दी विकास उद्देश्य एवम् सतह विकस उद्देश्यहरूमा ज्ञान एवं विज्ञानको उपयोगितामा जोड दिइएको परिणाम हो कि आज विश्वको विभिन्न देशहरूमा पशुचिकित्सा सेवाहरूमा गुणस्तर एवं क्षमताजस्ता दुरगामी चरण एवं नीतिहरूको विकास गरिदै छ ।
भरखर मात्रै विश्व स्वास्थ्य सङगठनका अध्यक्षले भनेका छन् कि कोरोना भाइरस अन्तिम महामारी हुनेछैन । मानव स्वास्थ्यलाई सुदृढ गरिने उपायहरू व्यर्थ हुने छन् यदि हामीले पशुकल्याण एवं जलवायु परिवर्तनमा ध्यान दिएनौ भने विश्विक सङगठनहरूको एक स्वास्थ्य पहलले यस अवधारणालाई बल प्रदान गर्दछ । मानव, पशु अनि वातावरण तिनवटा घटक मिलेर नै स्वास्थ्यको पूर्णतालाई परिभाषित गर्दछ ।
जैविक पशुपालन विकासको महत्वपूर्ण स्तम्भ पशुहरूको उपचारका ती वैकल्पिक पद्धतिहरूको विकास गरियोस् एवं उपयोग गरियोस् जसले गर्दा पशुउत्पादनमा औषधी क्रिमी नाशक एवं अन्य हानिकारक कुराको अंश कमभन्दा कम होस् वा हुँदैनहोस् जसले स्वच्छ खाद्य श्रृङखलामा अग्रणि भूमिका निभाओस् ।
अन्य डाक्टरजस्तै पशुचिकित्सक पनि त्यतिकै महत्वपूर्ण हुन्छ । पशु चाहे त्यो घरपालुवा होस्, भुस्याहा वा वन्यजन्तु तिनलाई समेत हेरचाह आवश्यकता पर्दछ । पशुचिकित्सक आवश्यक सेवा दिने अवस्थामा हुनुपर्छ ।
इ.सं. १८६३ मा प्रो. जे. गम्गीले पूरै युरोपका प्रसिद्ध पशुचिकित्सकलाई पशुस्वास्थ्य विशेष गरी महामारीजन्य रोग एवं तिनको रोकथामका लागि पहिलो सम्मेलनमा भाग लिन आमन्त्रित गरे ।
यो बैठक पहिलो अन्तर्राष्ट्रिय पशुचिकित्सा कांग्रेस थियो । १९५९ मा स्वेनमा १५औँ अन्तर्राष्ट्रिय पशुचिकित्सा कांग्रेसको बैठकमा विश्व पशुचिकित्सा संघको स्थापना गरियो । एसोसिएशनको उद्देश्य पशुचिकित्सा विज्ञानको महत्वलाई सामुन्ने ल्याउने एवं पशु स्वास्थ्य एवं कल्याणका बारेमा सचेतना वृद्धि गर्ने हो ।
यसमा पशुहरूको सुरक्षा एवं सङ्क्रामक रोगहरूका बारेमा नियम पनि सम्मिलित छन् । पशुस्वास्थ्य एवं पशुचिकित्सा विज्ञानको पैरवी गर्नुबाहेक विश्व पशुचिकित्सा संघले २००१ मा प्रत्येक वर्ष अप्रिलको अन्तिम शनिवारलाई विश्वपशुचिकित्सा दिवसका रूपमा घोषित गर्यो ।
इ.स २००१ मा विश्व पशुचिकित्साले घरपालुवा जनावरहरूका धनीहरू एवं गैह्रसरकारी संगठनलाई रेबिजका बारेमा प्रशिक्षित गरे । साथै, जनावरहरू तथा मानिसहरू दुवैलाई एक स्वास्थ्य वातावरण प्रबन्धन गर्नका लागि जनावरहरू पाल्तु एवं सडककालाई निशुल्क खोप अभियान सञ्चालन गरियो ।
इ.सं.२०२० जनावरहरूको मानसिक स्वास्थ्यलाई लक्षित गरी पशुचिकित्सकहरूले जनावरको मानसिक स्वास्थ्यको महत्वबारे सचेतना फैलाए, कसरी लकडाउनका बारेमा पाल्तु एवं सडकका जनावर प्रभावित भए ।
पशु घरपालुवा होस् कि सडकमा फिरन्ते स्नेह एवं हेरचाहको त्यत्तिकै आवश्यकता पर्दछ । यस्तोमा पशुचिकित्सक नै अग्रणी भूमिकामा हुन्छन् । उचित खोप लगाउनेदेखि पशुधनसहित घरपालुवा जनावरको स्वास्थ्य जाँच गर्ने पशुप्रति दुर्व्यवहार रोक्नेजस्ता कार्यमा पशुचिकित्सकको भूमिका रहन्छ ।
पशुचिकित्सक विभिन्न विभागहरू वन्यजन्तु, राष्ट्रिय उद्यान, चिडियाखाना, आरक्षण साथै पशुचिकित्सालयमा कार्यरत हुन्छन् । अझ जनस्वास्थ्य एवं पशुहरूको आहार व्यवस्थापनमा यिनले निर्वाह गर्ने गरेको भूमिका विर्सिने हो भने हाम्रो स्वस्थ्य स्वच्छ खाद्यश्रृङ्खला कति जोखिममा पर्ला !
आजको दिनमा पशुचिकित्सा क्षेत्रमा उच्चगुणस्तर एवं दक्षता एवं विज्ञतापूर्ण चिकित्सकको माग एवं महत्व बढ्दो छ । तर पशुचिकित्सकको सङ्ख्या भने कम छ जसले सबै क्षेत्रहरूमा पशुहरूको स्वास्थ्यलाई प्रभावित गर्ने एउटा अन्तर उत्पन्न गराउँदैछ ।
विश्व स्वास्थ्य सङगठन, विश्व पशुस्वास्थ्य सङगठन, संयुक्त राष्ट्र पर्यावरण संगठन आदि साझा रूपले यस्तो प्रकारको कार्य योजना तयार गर्दैछन् । जसबाट विभिन्न सदस्य राष्ट्रहरूलाई संवेदनशील बनाउन सकियास् कि भविष्यमा विपतहरूको मुकावला विभिन्न घटकहरूको सामुहिक क्षमता विकासबाट नै सम्भव होस् ।
पशु स्वास्थ्य एवं चिकित्सा सेवाहरूले यसमा अहम् भूमिका निर्वाह गर्न सकून् । मानव स्वास्थ्यका लागि पशुधन स्वास्थ्य तथा खाद्य सुरक्षाजस्ता विषय यस शताव्दीमा अत्यन्त महत्वपूर्ण सिद्ध हुने छ । पशु चिकित्सकहरूले पनि आफ्नो व्यक्तिगत स्वास्थ्य एवं कल्याणको आवश्यकता छ ।
पशु चिकित्सकलाई आफ्ना रोगीहरूजस्तै आफ्नो व्यक्तिगत स्वास्थ्य एवं कल्याण स्थिर राख्नका लागि उचित उपकरण एवं सहायताको आवश्यकता हुन्छ । स्वस्थ्य पशुका लागि स्वस्थ्य पशु चिकित्सक आवश्यक पर्छ । पशुचिकित्सकले दैनिक चुनैती एवं सङ्कटलाई समाधान गर्नका लागि आफै राम्रोसँग सुसज्जित हुनु आवश्यक हुन्छ ।