• फाल्गुन २७ २०८२, बुधबार

अमेरिकामा मेडिकल सेन्टरमा ५ महिलामाथी अन्दाधुन्द गोली प्रहार

बैशाख २१ २०८०, बिहीबार

काठमाडौं । एटलान्टाको मेडिकल सेन्टरको ११औँ तल्लामा रहेको प्रतीक्षालयमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा एकजनाको मृत्यु भएको छ । त्यस्तै, सो घटनामा अन्य चारजना घाइते भएका छन् ।

घटनाको विवरण दिँदै एटलान्टा प्रहरी विभागका प्रमुख डारिन सियरबमले गोली चलाउनेले पाँचजनालाई गोली हानेको र तीमध्ये एकजनाको घटनास्थलमै मृत्यु भएको बताएका छन् । गोली लागेका पाँचैजना महिला रहेको बताइएको छ ।

एटलान्टा औषधालय नजिक बन्दुकधारीले गोली हानेको बुझिएको छ । उनीहरूको अहिले मेमोरियल अस्पतालमा उपचार भइरहेको पनि सीएनएनले उल्लेख गरेको छ । घटनामा संलग्न व्यक्ति पूर्व कोस्ट गार्ड्सम्यान रहेको बुझिएको छ ।