काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ५० रुपैयाँ, अदुवा १५० रुपैयाँ, रातो आलु २८ रुपैयाँ, सेतो आलु २२ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २२० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
ब्रोकाउली १०० रुपैयाँ, भ्यान्टा लाम्चो ४० रुपैयाँ, मूला सेतो १५ रुपैयाँ, रुख कटहर ७० रुपैयाँ, भुईँ कटहर १५० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन २०० रुपैयाँ र हरियो धनियाँ ५० रुपैयाँ पाइने समितिले जनाएको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ६० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, लोकल घिउ सिमी ५० रुपैयाँ, घिरौँला ४० रुपैयाँ, चमसूरको साग १०० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ४० रुपैयाँ, लोकल परवर ७० रुपैयाँ, न्यूरो ७० रुपैयाँ, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदिना १५० रुपैयाँ, रातो बन्दा ४० रुपैयाँ केजी कायम गरिएको छ ।
यसैगरी, ताजा छडी माछा २५० रुपैयाँ र बचुवा माछा २७० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।
दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, हरियो अंगुर १३० रुपैयाँ, कालो अंगुर ३०० रुपैयाँ, अनार २५० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।