• मंसिर १५ २०८१, शनिबार

एक लाख घुस सहित गोकर्णेश्वरबाट ३ जना समातिए

बैशाख २० २०८०, बुधबार

काठमाडौँ । १ लाख रुपैयाँ घुससहित अख्तियारको टोलीले राजधानीको गोकर्णेश्वरबाट तीन जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारी, सदस्य मोहन प्रसाद कुइकेल र बालुवा डिपो संचालक सुसान्त कुइँकेल रहेका छन् ।

गोकर्णेश्वर नगरपालिका वडानम्बर ३ स्थित सो उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारीसहित योजनाको निर्माण कार्य सम्पन्न भएपछि भुक्तानी दिन घुस मागेको उजुरी परेको थियो ।

उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले निजहरु लक्ष्मण अधिकारी, मोहनप्रसाद कुइकेल र सुसान्त कुइँकेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । यस्तै उनीहरुको साथबाट ३० हजार रुपैयाँको चेक बरामद गरेर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।