काठमाडौं । सरकारले मिटरब्याज सम्बन्धी समस्या समाधान गर्न अध्यादेश ल्याएको छ । मन्त्रिपरिषदले पठाएको अध्यादेशलाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार जारी गरे । ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८०’ राष्ट्रपति पौडेलले गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
गत मंगलबार मन्त्रिपरिषद्को बैठकले मिटरब्याजी पीडितको समस्या समाधान गर्न कानूनी रूप दिन अध्यादेश पठाउने निणर्य गरेको थियो ।
सो सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएको हो । सरकारले मिटरब्याज सम्बन्धी समस्या समाधान गर्नका लागि आयोगसमेत बनाएको थियो ।