• फाल्गुन २७ २०८२, बुधबार

अमेरिका र दक्षिण कोरियाबीचको ‘वासिङ्टन घोषणा’को उत्तर कोरियाद्वारा कडा शब्दमा विरोध

बैशाख १७ २०८०, आईतवार

काठमाडौं । उत्तर कोरियाले अमेरिका र दक्षिणकोरियाबीचको ‘वासिङ्टन घोषणा’ को कडा शब्दमा विरोध गरेको छ । कोरियाले उक्त सहमतिले उत्तरपूर्वी एसिया र विश्वको शान्ति-सुरक्षालाई अझ गम्भीर खतरामा पार्ने चेतावनी दिएको छ ।

कोरियाली वर्कर्स पार्टी केन्द्रीय समितिका उपविभाग निर्देशक किम यो जोङले त्यहाँको सरकारी सञ्चार माध्यम केसीएनएसँग कुरा गर्दै उक्त कार्यलाई कदापि स्वागत गर्न नसकिने बताएका ।

उनले दक्षिणकोरियाका राष्ट्रपति युन सुक येओलको हालैको वासिङ्टन भ्रमणले कोरियाली प्रायद्वीप र यसक्षेत्रको शान्ति-सुरक्षालाई खलल पार्ने मूल कारण र भौतिक अस्तित्वबारे धेरै स्पष्ट रूपमा बुझ्ने अवसर दिएको पनि बताएका छन् ।

निर्देशक जोङले भनेका छन्, ‘न्युक्लियर कन्सल्टेटिभ ग्रुप’ को गठन, अमेरिकी आणविक रणनीतिक सम्पत्तिहरूको नियमित र निरन्तर परिचालन र बारम्बार सैन्य अभ्यासहरूले क्षेत्रीय राजनीतिक-सैन्य अवस्थालाई अस्थिरताको धाराबाट बाहिर निकाल्न असमर्थ बनायो । यसले हामीलाई नयाँ सुरक्षा वातावरणको सामना गर्न थप निणर्ायक कदम चाल्न बाध्य बनाएको छ ।’

अप्रिल २६ मा शिखर सम्मेलनपछि संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका प्रमुख कार्यकारीले जारी गरेको ‘वासिङ्टन घोषणा’ र ‘विस्तारित प्रतिरोध’ को बहानामा उत्तर कोरियाविरुद्ध उनीहरूको योजना प्रष्ट भएको भन्दै जोङले शत्रु राज्यका प्रमुख कार्यकारीले आधिकारिक रूपमा र व्यक्तिगत रूपमा विश्वका अगाडि ‘शासनको अन्त्य’ शब्दको प्रयोग गर्नुलाई उनको दृष्टिदोष वा बुढ्यौलीको उपज मात्र मान्न नसकिने बताएका छन् । उनले अमेरिकी राष्ट्रपति जो बाइडेनप्रति लक्षित गर्दै आक्रोशपूणर् स्वरमा भनेका छन्, ‘अमेरिकाको सुरक्षा र भविष्यको जिम्मेवारी लिन कत्ति पनि सक्षम नभएको व्यक्ति, भविष्य नभएको वृद्ध मानिस !’

उक्त अभिव्यक्ति एउटा वृद्ध र होस गुमाएको मानिसबाट मात्र नभएर संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिद्वारा प्रयोग गरिएकाले जनगणतन्त्र कोरियाको सबैभन्दा ठूलो शत्रुको यो धम्कीपूणर् बयानका लागि उसले धेरै ठूलो आँधीबेहरीको सामना गर्न तयार हुनुपर्ने र आफूहरू त्यसका लागि बाध्य हुने पनि किम यो जोङले केसीएनएलाई भनेका छन् ।

जोङले अगाडि भनेका छन्, ‘युन सुक येओलले यसपटक फेरि भने-उनले ‘दक्षिण कोरियाका तीन-अक्ष रक्षा प्रणाली’ सहित भारी प्रतिक्रियाको क्षमता निर्माण गर्नेछन् र दण्डात्मक मुद्रा अपनाउने छन् । उनले यो पनि स्पष्ट गरे-‘दक्षिण कोरिया’-यूएस संयुक्त अभ्यास र प्रशिक्षण थप गहन हुनेछ ।’

यसले उनीहरूको अक्षमता प्रकट गरेको र आफ्नो अक्षमताले सुरक्षालाई नै सङ्कटमा पारेर ऊ आफ्नो क्षमताको परीक्षण गर्न कति हदसम्म जान्छ, त्यो हामी हेर्नेछौँ ।’ जोङले अमेरिका र दक्षिण कोरियाको सपना अब थप शक्तिशाली शक्तिको एकाईका साथ सामना गरिने चेतावनी पनि दिएका छन् ।

योङले भनेका छन्, ‘जति धेरै शत्रुहरू आणविक युद्ध अभ्यासहरू मञ्चन गर्न तयार छन् र उनीहरूले कोरियाली प्रायद्वीपको वरपरको क्षेत्रमा जति धेरै आणविक अस्त्रहरू तैनाथ गर्छन्, हाम्रो आत्मरक्षाको अधिकारको अभ्यास उनीहरूसँग प्रत्यक्ष अनुपातमा हुनेछ ।’