• फाल्गुन २७ २०८२, बुधबार

भर्जिनियामा ३ जना मृत फेला, बन्दुकको आवाज आएकोले हत्याको आशंका

बैशाख १५ २०८०, शुक्रबार

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यको पश्चिम स्प्रिंगफिल्डको एक घरमा ३ जना व्यक्तिहरु मृत अवस्थामा भेटिएका छन् भने बच्चा सकुशल अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

एनबिसी वाशिंगटनका अनुसार घरभित्रै २ वर्षीय बालक सकुशल अवस्थामा फेला परेको समेत उल्लेख गरिएको छ । प्रहरीका अनुसार घर सफा गर्ने एक महिलाले ९११ मा खबर गरेकी थिइन् । उनले दिउँसो १ः४५ बजे बन्दुकको आवाज सुनेको प्रहरीलाई बताइन् ।

गोलीको आवाज सुनेपछि उनी घर भित्र थिइन् या बाहिर थिए भन्ने थाहा हुन सकेको छैन भनि एनबिसी वाशिंगटनले समाचार लेखेको छ । भर्जिनियाको वेस्ट स्प्रिंग फिल्डमा रहेको एउटा घरमा अप्रिल २७, बिहीबारका दिन दिउँसो तीन जना व्यक्तिहरु मृत फेला परेका थिए । फेयरफ्याक्स काउन्टी प्रहरीले अनुसन्धान गरिरहेका छन् ।

प्रहरीका अनुसार वाइल्ड स्प्रस ड्राइभ(मार्ग)को ८५०० भवन समूहमा घटनास्थलमा एउटा बन्दुक समेत फेला परेको बताए । छिमेकीहरुका अनुसार जोडी र ३ जना बालबालिका उक्त घरमा बस्ने बताए भने उनीहरु १ वर्ष भन्दा अगाडी त्यहाँ सरेका थिए ।