काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतः धुक आयल स्टोर नामको पेट्रोल पम्प सिल गरेको छ । बिहीबार बिहान काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले पेट्रोल पम्प सिल गरेको हो ।
सोह्रखुट्टेबाट बालाजु चोकतर्फ जाँदै गर्दा विष्णुमती खोलाको पुल सकिनेबित्तिकै बाँयातर्फ रहेको उक्त पेट्रोल पम्प मापदण्डविपरीत भएको पाण्डेले बताए । उपत्यकामा मापदण्डविपरित पेट्रोल पम्प सञ्चालनमा रहेको केही समयअघि गोलखबरमा समाचार प्रकाशित भएको थियो ।
उक्त पेट्रोल पम्प साढे ४ तले घरको भुइँतल्लामा छ । आयल निगमले उक्त पेट्रोल पम्पसहित महानगरका १८ पेट्रोल पम्प हटाउने निर्णय गरेको थियो। तर निगमले उक्त पेट्रोल पम्प हटाउन सकेको थिएन ।