• फाल्गुन २७ २०८२, बुधबार

बङ्गालको खाडीमा हातखुट्टा बाँधिएको अवस्थामा दश जना माझीको शव फेला

बैशाख १२ २०८०, मंगलवार

काठमाडौँ। बङ्गालको खाडीमा माछा मार्ने क्रममा बेपत्ता भएका १० जना माझीको शव फेला परेको छ ।

माछा मार्ने डुङ्गाको शीत भण्डारभित्र उनीहरुको शव फेला परेको बङ्लादेशको कोक्स बजार सदर पुलिस कार्यालयका प्रमुख रफिकुल इस्लामले जानकारी दिएका हुन् ।

उनीहरु सबैको हातखुट्टा बाँधिएको थियो । स्थानीय डुङ्गाचालकले सोनाडिया टापुको पश्चिमी भागमा माछा मार्ने डुङ्गा तैरिरहेको देखेपछि प्रहरीलाई जानकारी दिएका थिए ।

लुटेराको समूहले करिब १० दिन अघि नै माझीलाई आक्रमण गरेर मारेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।