• फाल्गुन २७ २०८२, बुधबार

प्रहरीकै अगाडी मारिएका अतिक अहमदको कार्यालयमा भेटियो रगत जस्तै रातो धब्बा

बैशाख ११ २०८०, सोमबार

नयाँ दिल्ली । उत्तर प्रदेश प्रहरीले सोमबार प्रयागराजमा अतिक अहमदको कार्यालयको निरीक्षण गरेको छ । प्रहरीका अनुसार अनुसन्धानका क्रममा ‘रगतको झैँ देखिने रातो धब्बा देखेका’ जानकारी दिएको छ । अतिक अहमद एक पूर्वसांसद र माफिया थिए । उनको केही दिन अघि प्रयागराजमा हत्या भएको थियो ।

प्रयागराज प्रहरीका एसीपी सत्येन्द्रप्रसाद तिवारीले भने, ‘म आफैले माथिदेखि तलसम्म यात्रा गरेको छु, तलको सिँढी नजिकै, माथिल्लो सिँढी नजिकै रातो रङका दाग देखिन्छन् ।’

उनले भने, ‘भित्र एउटा कोठा छ, त्यो भान्सा कोठा हो । भान्साको छेउमा रगतको दाग पनि देखिन्छ । हामीले हाम्रा वरिष्ठ अधिकारीहरूलाई जानकारी गराएका छौँ । हाम्रो एफएसएलको टोली आइपुग्दैछ । रगत कसको हो भनेर हामी अनुसन्धान गरिरहेका छौँ ।’ एसीपी तिवारीले भने, ‘सीसीटीभी फुटेज पनि उपलब्ध छ, हामी उनीहरूको पनि सहयोग लिनेछौँ । मलाई आशा छ हामीले दुई घण्टा भित्र यो कस्तो खालको घटना हो र के भएको हो भनेर स्पष्ट जानकारी प्राप्त गर्नेछौँ ।’

प्रयागराजमा अतिक अहमदको हत्या हुँदा उनी प्रहरी हिरासतमा थिए । प्रहरी टोलीले उनलाई र उनका भाइ अशरफ अहमदलाई प्रयागराजको कोल्भिन अस्पतालमा स्वास्थ्य परीक्षणका लागि लैजाँदै थियो । यस घटनामा तीन आक्रमणकारीले घटनास्थलमा आत्मसमर्पण गरे ।