• फाल्गुन २७ २०८२, बुधबार

नेकपा स्थापना दिवसको अवसरमा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले गर्यो क्रान्तिको पक्षमा प्रचारको भूमिका निभाउने प्रतिवद्दता

बैशाख ९ २०८०, शनिबार

काठमाडौं । आज २२ अप्रिल । आजकै दिन नेपालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा २२ अप्रिल अर्थात् आजकै दिन भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थपना गरिएको हो ।

रुसका कम्युनिष्ट नेता लेनिनको जन्मदिनको अवसरमा नेपालमा पनि कम्युनिष्ट पार्टीको स्थापना गरिएको हो । यसै अवसरमा आज नेपालका विभिन्न समूहमा विभाजन भएका कम्युनिष्ट पार्टीहरुले पनि पार्टी स्थापना दिवस मनाउँदैछन् ।

यसैबीच विश्वभर कृयाशिल अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले आजको दिनलाई विश्वका कम्युनिष्ट पार्टीका सदस्यहरुले विशेषरुपमा स्मरण गर्नुपर्ने जनाएको छ । केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै क्रान्तिको प्रचार प्रसारमा आफ्नो संगठनले सकेजति भूमिका खेल्ने जनाएका छन् ।

विज्ञप्तिमा केसीले लेखेका छन्,‘लेनिन लेनिनवादका प्रवर्तक तथा माक्र्सवादको पहिलो प्रयोगकर्ता हुनुहुन्छ । आज संसारभरका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र शोषित, उत्पीडित जनसमुदाय र राष्ट्रहरुले उहाँको १५३औं जन्मजयन्ति धुमधामका साथ मनाउन गइरहेका छन् । महान लेनिनको यस ऐतिहासिक जन्म दिवसप्रति विश्वभर क्रियाशील रहेका क्रान्तिकारी लेखक तथा पत्रकार ऐक्यबद्धता जाहेर गर्दछ र महान लेनिनप्रति सम्मान व्यक्त गर्दछ ।’

केसीले विज्ञप्तिमा अगाडी लेखेका छन्,‘आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा एक ऐतिहासिक दिन हो । आजकै दिन अर्थात् सन् १९४९ अप्रिल २२ ९ २००६ बैशाख १० गते कमरेड पुष्पलालको नेतृत्वमा भारतको कोलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । त्यसैले आज नेपालका कम्युनिस्टहरूले पनि कमरेड पुष्पलालको ७५ औं स्थापना दिवस मनाउन गइरहेका छन् । हाम्रो प्यारो संगठन अन्तरराष्ट्रिय लेखक तथा पत्रकार केन्द्र नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसप्रति ऐक्यबद्धता जाहेर प्रकट गर्दै आभार व्यक्त गर्न चाहन्छ ।’

यस्तो छ विज्ञप्ति :
२२ अप्रिल । २२ अप्रिल विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा एक ऐतिहासिक दिन हो, किनभने आजकै दिन अर्थात् सन् १८७० अप्रिल २२ का दिन भ्लादिमिर इल्यिच लेनिनको रुसको महान भोल्गा नदीको किनारमा रहेको सिम्बिस्रक शहरमा भएको थियो । लेनिन लेनिनवादका प्रवर्तक तथा माक्र्सवादको पहिलो प्रयोगकर्ता हुनुहुन्छ । आज संसारभरका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र शोषित, उत्पीडित जनसमुदाय र राष्ट्रहरुले उहाँको १५३ औं जन्मजयन्ति धुमधामका साथ मनाउन गइरहेका छन् । महान लेनिनको यस ऐतिहासिक जन्म दिवसप्रति विश्वभर क्रियाशील रहेका क्रान्तिकारी लेखक तथा पत्रकार ऐक्यबद्धता जाहेर गर्दछ र महान लेनिनप्रति सम्मान व्यक्त गर्दछ ।
आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा एक ऐतिहासिक दिन हो । किनभने आजकै दिन अर्थात् सन १९४९ अप्रिल २२ ९ २००६ बैशाख १० गते कमरेड पुष्पलालको नेतृत्वमा भारतको कोलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । त्यसैले आज नेपालका कम्युनिस्टहरूले पनि कमरेड पुष्पलालको ७५औं स्थापना दिवस मनाउन गइरहेका छन् । हाम्रो प्यारो संगठन अन्तरराष्ट्रिय लेखक तथा पत्रकार केन्द्र नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसप्रति ऐक्यबद्धता जाहेर प्रकट गर्दै आभार व्यक्त गर्न चाहन्छ ।
आजको युग लेनिनको युग हो । अर्थात् महान लेनिनले व्याख्या गर्नुभएको साम्राज्यवाद र विश्व सर्वहारा वर्गबीचको भीषण वर्गसंघर्षको युग हो । विश्व सर्वहारा क्रान्तिको युग हो । त्यसैले आज विश्वभर क्रियाशील क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले विश्व सर्वहारा क्रान्तिको तयारी गरिरहेका छन् । यस परिस्थितिमा हाम्रो संगठन अन्तरराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले यस ऐतिहासिक दिनमा चालु विश्व सर्वहारा क्रान्तिप्रति ऐक्यबद्धता जाहेर गर्दै यस महान कार्यका बारेमा लेख्ने, प्रचारप्रसार गर्ने र विश्व सर्वहारा क्रान्तिलाई उल्लेखनीय सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछ ।
क्रान्तिकारी अभिवादन सहित ।
मिति : २२ अप्रिल २०२३
(९ बैशाख २०८०) ।

हस्तबहादुर केसी
अध्यक्ष
अन्तरराष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
केन्द्रीय कार्यालय काठमाडौं, नेपाल