• फाल्गुन २७ २०८२, बुधबार

चीनको अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु

बैशाख ६ २०८०, बुधबार

काठमाडौं । बेइजिङको एक अस्पतालमा भएको भिषण आगलागीमा परेर २१ जनाको मृत्यु भएको छ ।

चांगफेंग अस्पतालमा भएको सो भिषण आगलागीको घेराबन्दीमा परेका १७ जनालाई भने जीवितै उद्धार गरिएको छ ।

प्रहरीले आगलागी कसरी भयो ? सो बारेमा अहिलेसम्म विस्तृत जानकारी बाहिर दिएको छैन । यद्यपि सो घटनाका बारेमा गम्भिर रुपमा अनुसन्धान भने गरिरहेको प्रहरीले जनाएको छ ।

न्युयोर्क टाइम्सका अनुसार अस्पतालमा आगलागी शुरु भएपछि कोही झ्यालमा त कोही एअर कन्डिसन माथि बसेर उद्धारका आशा गरिरहेका दृश्यले अवस्था निकै भावुक बनाएको थियो । उनीहरु उद्धारका प्रतीक्षामा रोइकराई गरिरहेका थिए भने कोही माथिल्लो तल्लावाट हाम फालिरहेका थिए ।

जीवितै उद्धार गरिरहेका तथा घाइतेहरुलाई भने नजिकैको अर्को अस्पतालमा उपचार गराईएको छ ।