• फाल्गुन २७ २०८२, बुधबार

दुबईको एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाकाे मृत्यु, ९ घाइते

बैशाख ४ २०८०, सोमबार

एजेन्सी – दुबईको सबै भन्दा पुरानो अलारास क्षेत्रमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ ।

आगलागीमा परी ९ जना घाइते भएका हुन् । आप्रावासी, कामदार र ब्यापारीहरु रहने गरेको उक्त ५ तले भवनको चौथो तलाबाट सल्केको आगो सातौं तलासम्म फैलिएको थियो ।

मृत्यु हुनेमा ४ भारतीय र ३ जना पाकिस्तानी नागरिक रहेका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आगलागीको कारण बारेमा केही खुलाइएको छैन ।