• फाल्गुन २७ २०८२, बुधबार

बाहुबली नेता अतिक अहमदका छोरा असद अहमद प्रहरी इन्काउन्टरमा मारिए

चैत्र ३० २०७९, बिहीबार

नयाँदिल्ली । प्रयागराजको चर्चित उमेश पाल हत्या प्रकरणमा परेका बाहुबली नेता अतिक अहमदका छोरा असद अहमद झाँसीमा प्रहरी इन्काउन्टरमा मारिएका छन् । सो मुद्दाका अर्का अभियुक्त गुलाम मोहम्मदको पनि मुठभेडमा मृत्यु भएको थियो ।

उमेश पाल हत्या प्रकरणमा प्रहरीले यी दुई अभियुक्तको खोजी गरिरहेको थियो । दुवैमाथि पाँच लाख रुपैयाँ पुरस्कार राखिएको थियो । उत्तर प्रदेश प्रहरीका अनुसार यो कारबाही उत्तर प्रदेश र झाँसी प्रहरीको संयुक्त अभियान थियो । प्रहरीका अनुसार यी ‘इनकाउन्टर’ दुई डेपुटी एसपी नवेन्दु र विमलको नेतृत्वमा गरिएको थियो ।

प्रहरीका अनुसार असद करिब २० वर्षका थिए । दुवैको साथबाट विदेशी हतियार पनि बरामद भएको उनको दाबी छ ।

मारिएका दुईजना बारे प्रहरीले उमेश पालको हत्यामा गोली प्रहार गर्ने दुवै जना रहेको दाबी गरेको छ । उनका अनुसार सीसीटीभीमा दुवैले गोली चलाएको देखिएका छन् ।