काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आज भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तैगरी डलरको खरिद दर १३१ रुपैयाँ ०३ पैसा र बिक्री दर १३१ रुपैयाँ ६३ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ २२ पैसा र बिक्री दर १४३ रुपैयाँ ८७ पैसा रहेको छ।
यस्तैगरी बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ७० पैसा र बिक्री दर १६३ रुपैयाँ ४४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।