नयाँ दिल्ली । भारतमा सेनाहरुबीच गोली हानाहान हुँदा चार जनाको मृत्यु भएको समाचार छ । पञ्जाव राज्यको बठिन्डास्थित सैनिक शिविरमा गोली हानाहान भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
सेनाको दक्षिण पश्चिम कमाण्डले जारी गरेको विज्ञप्तिका अनुसार आज बिहान ४ः३५ बजे बठिन्डा सैनिक शिविरमा सेनाहरुबीच नै गोली हानाहान भएको थियो ।
घटनामा चार जनाको मृत्यु भएको जानकारी प्राप्त भएको तथा परिस्थितिलाई नियन्त्रणमा लिन तत्काल प्रतिकार्य टोली सक्रिय गरिएको थियो । घटनास्थल र वरपरको क्षेत्रलाई घेराबन्दी गरी घटनामा संलग्नको खोजी भइरहेको छ ।