• मंसिर १५ २०८१, शनिबार

क्रमिक सुधारोन्मुख रेमिट्यान्स, अब महिनैपिच्छे अरबौँ रकम भित्रिँदै

चैत्र २९ २०७९, बुधबार

काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २५ दशमलव ३ प्रतिशतले वृद्धि भई ७९४ अर्ब ३२ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १ दशमलव ३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४ दशमलव ८ प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ दशमलव ६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नया“) लिने नेपालीको संख्या ५४ दशमलव ३ प्रतिशतले वृद्धि भई ३ लाख ५१ हजार ७६१ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८ प्रतिशतले वृद्धि भई १ लाख ९२ हजार ५५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४० दशमलव ९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २३ दशमलव ९ प्रतिशतले वृद्धि भई ८७६ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ दशमलव ६ प्रतिशतले घटेको थियो ।