• मंसिर १५ २०८१, शनिबार

बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर

चैत्र २३ २०७९, बिहीबार

काठमाडौँ । नेपाल राष्ट्र बैँकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, डलरको खरिद दर १३० रुपैयाँ ९१ पैसा र बिक्री दर १३२ रुपैयाँ ५१ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ २२ पैसा र बिक्री दर १४३ रुपैयाँ ८९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ १७ पैसा र बिक्री दर १६३ रुपैयाँ ९१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८१ पैसा र बिक्री दर ३५ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।