काठमाडौँ । नेपाल राष्ट्र बैँकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आज भारतीय रुपैयाँ १ सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै, डलरको खरिद दर १३१ रुपैयाँ ४४ पैसा र बिक्री दर १३२ रुपैयाँ ०४ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ५३ पैसा र बिक्री दर १४४ रुपैयाँ १९ पैसा रहेको छ।
यस्तैगरी बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ३१ पैसा र बिक्री दर १६५ रुपैयाँ ०६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।