• मंसिर १५ २०८१, शनिबार

मिटरब्याजी पीडितको समस्या समाधान गर्न बन्यो छानबिन समिति

चैत्र २० २०७९, सोमबार

काठमाडौँ । मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारले छानबिन समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

मन्त्रिपरिषद बैठकले तीन सदस्यीय छानबिन समिति गठन गर्न निणर्य गरेको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् । उनका अनुसार समितिको सदस्यहरूमा पूर्व एआइजी उत्तमराज सुवेदी र गणेशबाबु अर्याल रहेका छन् ।

समितिलाई तीन महिनाको अवधि दिइएको र ठोस तथा मूर्तरूपमा मिटरब्याजीको समस्या समाधानका लागि तत्काल एक्सनमा जाने गरी प्रतिवेदन पेश गर्न भनिएको शर्माले बताइन् । समितिको मुख्यालय जनकपुरमा राख्ने निणर्य गरिएको उनले बताइन् ।