काठमाडौं। पाकिस्तानको कराचीस्थित एक कारखानामा शुक्रबार भएको भागदौडमा १२ जनाको मृत्यु भएको छ ।कारखानामा खाद्यान्न वितरण गर्ने क्रममा भागढौड हुँदा १२ जनाको मृत्यु भएको हो ।
मृतकहरूमा नौजना महिला रहेका छन् भने तीनजना बालबालिका रहेका छन्।
निस्शुल्क खाद्यान्न वितरण भइरहेको ठाउँमा एक्कासी भागदौड मच्चिदा उक्त दुर्घटना भएको हो । उद्धार अधिकारी र यस क्षेत्रका प्रहरी अधिकारीका अनुसार उक्त स्थानमा ठूलो भीड जम्मा भएको थियो ।
कारखानामा पेट्रोल चुहावटका कारण आगलागी भएको हल्ला फैलिएपछि भागदौड मच्चिएको बताइएको छ । घाइतेहरू मध्ये कैयौंको अवस्था गम्भीर छ ।