काठमाडौं । सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच वार्ता चलिरहेको छ । वार्ता गृह मन्त्रालयमा चलिरहेको छ ।
सरकारको तर्फबाट गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र संघर्ष समितिको तर्फबाट मनोज कुमार पासवान नेतृत्वको टोली वार्तामा सहभागी छन् ।
संघर्ष समितिले वार्ता र आन्दोलन सँगसँगै अघि बढाउने बताएका छन् । आज १२ बजेदेखि बानेश्वरमा धर्ना र आन्दोलन जारी राख्ने संघर्ष समितिका सदस्य संघर्ष दाहालले बताए ।