• मंसिर १५ २०८१, शनिबार

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

चैत्र १४ २०७९, मंगलवार

काठमाडौँ । नेपाल राष्ट्र बैँकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ ५० पैसा र बिक्री दर १३२ रुपैयाँ १० पैसा रहेको छ। युरो १ को खरिद दर १४१ रुपैयाँ ५६ पैसा र बिक्री दर १४२ रुपैयाँ २१ पैसा रहेको छ।

त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १७ पैसा र बिक्री दर १६१ रुपैयाँ ९० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८३ पैसा र बिक्री दर ३६ रुपैयाँ ०० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।