नयाँदिल्ली । भारतको गोवामा एकजना नेपालीको मृत्यु भएको छ । नेपालको दाङ जिल्लाको बबई गाउँपालिका वडा नं ४ (साविक पुरन्धारा गाविस वडा नं १) निवासी वर्ष ४५ का कुलबहादुर सार्कीको उपचारको क्रममा गोवा मेडिकल कलेजमा मृत्यु भएको हो ।
कुलबहादुरलाई दुई दिन पहिला घरमा पालेको बिरालो टोकेको समाचार छ । त्यसको एकदिन पछि उपचारको क्रममा उनको मृत्यु भएको जानकारी प्रगतिशील नेपाली समाज समिति गोवाका इन्चार्ज अर्जुन कार्कीले बताए ।
उनी रोजगारीको सिलसिलामा विगत पाँचमहिनादेखि श्रीमती सहित गोवामा बस्दै आएका थिए । उनको हिजो नै अन्त्यष्टि गरिएको छ । मृतक कुलबहादुरका परिवारलाई त्यहाँ उपस्थिति नेपालीहरुले रू २५,९०० भारु रूपैयाँ आर्थिक सयोग गरेका छन् ।