काठमाडौं । मिटरब्याजी विरुद्ध आन्दोलन गर्न काठमाडौँ आइपुगेका आन्दोलनकारीसँग सरकारले वार्ता थालेको छ । आन्दोलनकारी आजै काठमाडौँ आइपुगेका हुन् ।
काठमाडौँ आएको थाहा पाउने बित्तिकै प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको नेतृत्वमा एक टोलीले आन्दोलनकारी बसेको ठाउँमै पुगेर वार्ता थालेको छ ।
आन्दोलनकारी अहिले मातातिर्थमा बसेका छन् । चैत २ गते महोत्तरीको बर्दिबासबाट हिँडेका उनीहरू आज दिउँसो काठमाडौँ आइपुगेका हुन् । उनीहरु आफ्नो माग पूरा नभएसम्म काठमाडौँमा रहने बताएका छन् ।