काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका तीनजना एटीसीलाई कारबाही गरेको छ।
गएको शुक्रकार बिहान नेपाल वायुसेवा निगमको मलेसियाबाट काठमाडौं आइरहेको जहाज र एयर इन्डियाको जहाज एउटै एयर स्पेशको लाइनमा उडान गराएको विषयमा प्राधिकरणले विमानस्थल कार्यालयका तीनजना एटीसीलाई कारबाही गर्ने निर्णय गरेको हो।