काठमाडौं । एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज आकाशमै ठोक्किनबाट बचेका छन् । दुई जहाज गत शुक्रबार सिमारा नजिक होल्ड गर्दा दुरी कायम गर्न नसक्दा झण्डै ठोकिने अबस्थामा पुगेको हो ।
एयर ट्राफिक कन्ट्रोलर (एटीसी)ले सचेत गराएपछि दुई जहाज ठोकिन बाट जोगिएका हुन् । १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज एक्कासी तल आएपछि १५ हजार फिटको उचाइमा रहेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको थियो ।
तर, एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले नेपाल एयरलाइन्सको जहाजलाई १३ हजार ५ सय फिटको उचाइमा झर्न लगाएपछि सम्भावित दुर्घटना टरेको थियो । एक्कासी १९ हजारफिटबाट तल झरेको एयर इण्डियाको जहाजलाई १६ हजार फिटको उचाइमा चढ्न लगाइएको थियो ।