• फाल्गुन २७ २०८२, बुधबार

फ्रान्समा चर्कियो आन्दोलन, हलमा गरियो आगलागी

चैत्र १० २०७९, शुक्रबार

काठमाडौं । पेन्सनको उमेर बढाउने योजनालाई लिएर फ्रान्समा आन्दोलन चर्किएको छ । जारी आन्दोलनको क्रममा बोर्डो टाउन हलमा आगजनी गरिएको छ । सेवानिवृत्तिको उमेर दुई वर्ष बढाएर ६४ वर्ष पुर्याउने कानुनले विरोध प्रदर्शन सुरु भएको हो ।

अघिल्लो दिनको विरोध र झडपपछि बिहीबार साँझ दक्षिणपश्चिमी सहर बोर्डोको टाउन हलको अगाडिको ढोकामा आगो लगाइएको हो । आगलागीका लागि को जिम्मेवार थिए भन्ने स्पष्ट हुन सकेको छैन तर आगोलाई दमकलले तुरुन्तै निभाएको थियो ।

त्यहाँको गृह मन्त्रालयको तथ्यांक अनुसार बिहीबार फ्रान्सभरि १० लाखभन्दा बढी मानिस सडकमा उत्रिएका थिए, जसमा पेरिसमा मात्रै ११९,००० सहभागी थिए । प्रहरीले राजधानीमा प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ भने देशभरबाट ८० जनालाई पक्राउ गरिएको छ ।