• फाल्गुन २७ २०८२, बुधबार

पुटिन विरुद्ध पक्राउ पूर्जी जारी गर्ने हेगलाई मिसाइल हानेर सिध्याइदिने रुसको धम्की

चैत्र ९ २०७९, बिहीबार

काठमाडौं । रुसले नेदरल्याण्डमा रहेको  अन्तरराष्ट्रिय फौजदारी अदालत (हेग) मिसाइल हानेर ध्वस्त पारिदिने चेतावनी दिएको छ । रुसी राष्टपति भ्लादिमिर पुटिन विरुद्ध पक्राउ पूर्जी जारी गरेपछि रुसले यस्तो चेतावनी दिएको हो । रुसको यो धम्किसँगै  अन्तरराष्ट्रिय फौजदारी अदालत आइसीसीले चिन्ता व्यक्त गरेको छ ।

पूर्वरुसी राष्टपति दिमित्री मेदभेदेवले यस्तो धम्कि दिएका हुन् । गतहप्ता आइसीसीले पुटिनविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । त्यसपछि रुसी सुरक्षा परिषदका प्रमुख समेत दिमित्रीले भनेका थिए,’हेगको अदालतमा रुसी जहाजबाट उत्तरी सागरहुँदै हाइपरसोनिक मिसाइल प्रहार गरिएको कल्पना गर्न  सम्भव छ ।’

रुसी अनुसन्धान निकायले आइसीसीका अभियोजक करिम खान र पुटिनविरुद्ध वारेन्ट जारी गर्ने न्यायाधीशविरुद्ध आपराधिक मुद्धा लगाएपछि आइसीसीले बुधबार वक्तव्य जारी गरेको हो ।

आइसीसीले वक्तव्यमा भनेको छ,’अन्तरराष्ट्रिय कानून अन्तरगत विषेधित कार्यहरुको लागि जवाफदेहिता सुनिस्चित गर्ने  अन्तरराष्ट्रिय प्रयासहरुलाई बाधा पुर्याउने यी प्रयासहरुप्रति खेद छ।’

यता पुटिनविरुद्धको आइसीसीको मुद्धाको चीनले पनि कडा आपत्ति जनाएको छ ।