• फाल्गुन २७ २०८२, बुधबार

दक्षिण कोरियामा रहेको अमेरिकी सेनालाई उत्तर कोरियाले दियो क्षेप्यास्त्रले जवाफ

फाल्गुन २५ २०७९, बिहीबार

काठमाडौं । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास सुरु गर्नुभन्दा केही दिनअघि बिहीबार उत्तर कोरियाले छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको सियोलको सैनिक स्रोतले जनाएको छ ।

आणविक शक्ति सम्पन्न उत्तर कोरियाले थप उत्तेजक प्रतिबन्धित हतियार परीक्षण गरिरहेको छ । जवाफमा सियोलले वासिङ्टनसँग सुरक्षा सहयोग बढाउन कदम चालेपछि दुई कोरियाबीचको सम्बन्ध दशकौँ यताकै सबैभन्दा खराब बिन्दुमा पुगेको छ ।

गत वर्ष किम जोङ उनको सरकारले उत्तर कोरियालाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेको थियो र सहयोगी सियोलको रक्षाका लागि अमेरिकाले यस क्षेत्रमा थप सम्पत्ति स्थानान्तरण गर्न खोजिरहेको बेला सामरिक आणविक हतियारसहित हतियारको उत्पादनमा तीव्र वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

सियोलको ‘ज्वाइन्ट चिफ अफ स्टाफ’ले उत्तर कोरियाको पश्चिमी बन्दरगाह सहर नाम्पोबाट स्थानीय समयअनुसार साँझ ६ः२० बजे छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको पत्ता लगाएको जनाएको छ ।

‘हामीले निगरानी र सतर्कतालाई मजबुत बनाएका छौँ । हाम्रो सेनाले अमेरिकासँग नजिकबाट सहकार्य गर्दै प्रतिवादको  पूर्ण तयारी गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।