काठमाडौँ । नेपाल राष्ट्र बैँकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
जस अनुसार भारतीय रुपैयाँ १ सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै, आज डलरको खरिद दर पनि १३१ रुपैयाँ ०० पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रुपैयाँ ०६ पैसा र बिक्री दर १३८ रुपैयाँ ६९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ ०४ पैसा र बिक्री दर १५५ रुपैयाँ ७५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।