• मंसिर १५ २०८१, शनिबार

नेपाल एयरलाइन्सको दुबई-काठमाडौं रुटमा सबै क्रु मेम्बर महिला

फाल्गुन २४ २०७९, बुधबार

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपाल एयरलाइन्समा दुबई-काठमाडौं रुटमा उडेको ए३२० जहाजको सबै क्रु मेम्बर महिलाले सम्हालेका छन् । यो सँगै राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले नयाँ इतिहास बनाएको छ ।

एयरलाइन्सको आजको दुबई-काठमाडौं रुटमा उडेको ए३२० जहाजको सबै क्रु मेम्बर महिला रहेका छन् । जसमा पाइलट भावना पन्त र को-पाइलट सृजना रावतले जहाज उडाएका थिए । एयरहोस्टेस समेत सबै महिला राखेसँगै यो उडानको सम्पूर्ण जिम्मेवारी महिलाले सम्हालेका हुन् ।