नयाँदिल्ली । भारतीय सैनिक अदालतले सोमबार कश्मीरको अम्शिपोरामा नियोजित मुठभेडमा संलग्न क्याप्टेनलाई आजीवन कारावासको सिफारिस गरेको छ ।
यस सम्बन्धमा सेनाका वरिष्ठ अधिकारीहरूले निणर्य गर्नेछन् । यो भिडन्त जुलाई २०२० मा दक्षिण कश्मीरको अम्शिपोरामा भएको थियो, जसमा तीन जनाको मृत्यु भएको थियो ।
सैनिक अदालतले एक वर्षभन्दा कम समयमै ‘कोर्ट मार्सल’को कारबाही पूरा गरेको जानकारी दिएको छ । मुद्दाको सुनुवाइको क्रममा, यो खुलासा भयो कि सैनिकहरूले सशस्त्र बल विशेष शक्ति अधिनियमको उल्लङ्घन गरेका थिए ।
यसपछि क्याप्टेन भूपेन्द्र सिंहलाई ‘कोर्ट मार्शल’ गरिएको थियो । यो घटना १८ जुलाई २०२० को हो । सेनाका जवानहरूले दक्षिण कश्मीरको शोपियानको अम्शीपोरामा मुठभेडमा तीन जनालाई मारेका थिए । मारिएका तीनैजना आतङ्ककारी भएको सेनाले दाबी गरेको थियो ।
मृत्यु हुनेमा इम्तियाज अहमद, अबरार अहमद र मोहम्मद इब्रार रहेका छन् । सामाजिक सञ्जालमा मानिसहरूले यो मुठभेडलाई फेक भन्दै विरोध गर्न थाले । त्यसपछि सेनाले अनुसन्धान अदालतु स्थापना गर्यो जसको प्रारम्भिक अनुसन्धानमा सेनाले अफ्सपा अन्तर्गतको आफ्नो शक्तिको उल्लङ्घन गरेको फेला पारेको थियो ।
जम्मु कश्मीरकी पूर्वमुख्यमन्त्री महबुबा मुफ्तीले यो निणर्यको स्वागत गरेकी छिन् । उनले लाभापोरा र हैदरपोरा मुठभेडको पनि निष्पक्ष छानबिन गरी यस्ता घटना हुन् । नदिनका लागि आदेश दिने अपेक्षा गरिएको बताएकी छन् ।