काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा सोमबार गाडीमा बिस्फोट हुँदा चार सुरक्षाकर्मीको मृत्यु भएको छ । घटनामा नौजना घाइते भएको त्यहाँका अधिकारीहरूले बताएका छन् ।
उक्त दुर्घटना बोलान जिल्लामा भएको हो । सिबीका जिल्ला प्रहरी अधिकारी युसुफ करीम भानघरले बताए अनुसार सिबी जिल्लाको सीमा क्षेत्रस्थित बलुचिस्तान कन्स्टेबुलरीका अर्धसैनिक फौजको ट्रकमा हमला भएको थियो ।
विस्फोटको कारण अझै खुल्न नसकेको बताउँदै उनले अनुसन्धानका लागि सो क्षेत्र नाकाबन्दी गरिएको बताए । आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन ।