नयाँदिल्ली । भारतको गोवामा एकजना नेपाली महिला बेपत्ता भएकी छिन् । रुकुमको मुसिकोट नगरपालिका-११ भलाक्चा निवासी वर्ष २२ की रेखा विक गोवाको आशाँगाव भन्ने ठाउँबाट फेब्रुअरी २३ का दिनदेखि बेपत्ता भएकी हुन् ।
उनी त्यसठाउँमा विगत केही महिनादेखि घरेलु कामदारमा कार्यरत थिइन् । उनी त्यसदिन बेलुकी ठिक ५ बजे काम गर्ने ठाउँबाट कोठामा जान्छु भनेर हिंडेकी उनी काम गर्ने घरबेटीले बताइन् ।
उनी विगत केही महिनादेखि आफन्तसित गोवाको आशाँगावमा बस्दै आएकी थिइन् । उनका ८ वर्षको छोरा पनि छन् ।
उनलाई आफन्तले त्यसठाउँ वरपर खोजीकार्य गरेको तर अहिलेसम्म कुनै पनि अत्तोपत्तो नलागेको रेखाकी दिदी रचना सेर्पालीले बताइन् ।
उनको खोजीकार्यका लागि गोवा प्रहरीलाई पनि खबर गरेको तर, अहिलेसम्म उनी सम्पर्कमा नआएको आफन्तजनले बताएका छन् । हराएकी रेखाकी दिदी सेर्पालीले खोजीकार्यमा सहयोग गरिदिन विभिन्न संघ संगठनलाई अपिल गरेकी छिन् । यदि कसैलाई खबर प्राप्त भएमा निम्न नम्बरमा ढज्ञडघद्दढढण्डटठट सम्पर्क गरिदिन रचनाले बताएकी छिन् ।