काठमाडौं । अमेरिकी सङ्गीत उद्योगका चर्चित गायक आर.केलीलाई बाल यौन अपराधको आरोप लागेको छ । उनलाई शिकागोको सङ्घीय अदालतले बाल यौन अपराधमा २० वर्षको जेल सजाय सुनाएको छ । ५६ वर्षीय गायक केलीविरुद्ध सन् २०१९ मा दायर गरिएका १३ आरोपमध्ये ६ वटामा दोषी ठहर गरियो ।
यी आरोपमा नाबालिगलाई यौन क्रियाकलापमा संलग्न गराएको तीन मुद्दा र यौन सम्बन्ध बनाएको तीन मुद्दा समावेश थिए । उनीमाथि लागेको आरोपको सुनुवाइमा, उनले आफ्नी तत्कालीन १४ वर्षीय छोरीको यौन शोषणका तीन भिडियो बनाएको न्यायाधिशले पाए । केलीले यी १४ वर्षीयलाई छोरी बनाएका थिए ।
केलीले यसअघि आफ्नी छोरीलाई दुर्व्यवहार गरेको र नाबालिगहरूलाई यौन सम्पर्क गर्न प्रलोभन देखाएको मुद्दामा सफाइ पाएका थिए । केली पहिले नै धोखाधडी र यौन तस्करीको आरोपमा ३० वर्षको जेल सजाय भोग्दै छन्, जुन उनलाई सन् २०२१ मा सुनाइएको थियो ।
अभिआयोजकहरूले केलीलाई ३० वर्षको जेल सजाय पुरा भएपछि २५ वर्षको थप सजाय दिइनुपर्ने बताएका थिए तर न्यायाधिशले यी दुवै सजाय सँगसँगै हुने बताए । यस्तोमा केली जन्मकैदको सजायबाट बचेका छन् । यद्यपि, उनले अझै ३१ वर्ष जेलमा बिताउनुपर्नेछ ।