काठमाडौं । पशुपतिनाथको विशेष पूजा गर्न शुल्कमा बढोत्तरी गरिएको छ ।
पशुपति विकासक्षेत्र कोष, सञ्चालक परिषद्, देउउद्यानज गौशालाले आज जारी गरेको सूचना अनुसार पराम्परागत पूजा र विशेष पूजाको शुल्क बढोत्तरी गरिएको हो ।
गत असार ८ गते बसेको सञ्चालक परिषद्को बैठकको निर्णयानुसार शुल्क परिमार्जन गरि बढोत्तरी गरिएको कोषले जनाएको छ ।
‘भगवान् श्री पशुपतिनाथ मन्दिरमा दर्शनार्थ पाल्नु हुने भक्तजनहरुबाट पराम्परागत रुपमा नै गरिने ५ हजार १ सय र ११ हजारको विशेष पूजा बापत कोषको खातामा जम्मा हुने निर्धारण गरिएकोमा मिति २०७९ असार ८ गतेको सञ्चालक परिषद्को बैठकको निर्णयले उक्त पूजा रकमलाई क्रमशः ७ हजार ५ सय र १५ हजार १ सय हुने गरी परिमार्जन गरिएको छ’ आज जारी सार्वजकि सूचनामा भनिएको छ ।
विशेष प्रकृतिको पूजा लागि शुल्क लिँदा व्यवस्थापनमा सहज हुनुको साथै पावन पशुपति क्षेत्र विकासका लागि आवश्यक रकम प्रबन्ध गर्नसमेत यसले सघाउ पुर्याउने कोषले बिश्वास लिएको छ ।