• मंसिर १० २०८१, सोमबार

बागमतीमा गरियो ७० अंक ल्याए लाइसेन्स पाउने प्रणालीको परीक्षण

फाल्गुन १ २०७९, सोमबार

हेटौंडा । बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्र लिन ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने प्रणालीको परीक्षण गरिएको छ ।
यातायात व्यवस्था कार्यालय चावहिलको ट्रायल सेन्टरमा भएको परीक्षणको बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकलाल श्रेष्ठ, मुख्य सचिव मुकुन्दप्रसाद निरौला लगायतले अवलोकन गरे ।

यसअघि नै लागू गरिने भनिएको अंक प्रणाली मंगलबारदेखि काठमाडौं उपत्यकाको ८ वटा, हेटौंडा, चितवन र सिन्धुलीका यातायात कार्यालय गरी ११ वटा कार्यालयबाट कार्यान्वयनमा आउने भएको छ ।

ट्रायलका बेला हुने सामान्य त्रुटीमा पनि फेल गराउँदा लाइसेन्स वितरणमा ढिलाइ हुनुको साथै चालकहरूले अवैधानिक रूपमा लाइसेन्स निकाल्ने प्रचलन बढेपछि ७० प्रतिशत अङ्क आउँदा पनि सवारी चालक अनुमति पत्र पाइने व्यवस्थाको सुरुवात गर्न लागिएको मन्त्री श्रेष्ठले बताए ।