• फाल्गुन २७ २०८२, बुधबार

भूकम्प पीडितलाई इस्लामी संघले पठायो राहत सामाग्री

माघ २६ २०७९, बिहीबार

काठमाडौँ। इस्लामी संघ नेपालले टर्कीका भूकम्प पीडितका लागि राहत सामाग्री पठाएको छ । टर्कीमा भूकम्पबाट पीडित भएकाहरूका लागि राहत सामाग्रीको रूपमा न्यानो कपडाहरू पठाएको हो । टर्किस एयरले न्यानो कपडाहरू लगेको हो ।

शक्तिशाली भूकम्पपछि हिउँ परिरहेकाले अत्यधिक चिसो छ । जसले गर्दा उनीहरूका लागि न्यानो कपडा आवश्यक पर्ने भन्दै न्यानो कपडाहरू, ज्याकेट, स्वीटर, ट्राउजर, स्लिपिङ ब्याग, ब्यालंकेट लगायतका सामाग्री पठाइएको संघका महासचिव अबुल कलम मियाले जानकारी दिए ।

उनीहरूले एक आपसमा सहयोग संकलन गरेर न्यानो कपडा किनेर पठाएका हुन् । टर्की पठाइएका राहत सामाग्रीहरूलाई टर्कीको विपद् व्यवस्थापन गर्ने निकाय अफादले वितरण गर्ने महासचिव मियाले बताए । थप सहयोग संकलन गरेर आवश्यक राहत सामाग्री पठाइने उनको भनाई छ ।