काठमाडौं । भारतको उत्तरप्रदेश राज्यस्थित गाजियाबाद अदालत परिसरमा बुधबार दिउँसो एउटा चितुवा छिरेर आतंक मच्चाएको छ।
चितुवाले अदालतको पुरानो भवननजिकै एकजना वकिल र दुईजना जुत्ता पालिस गर्नेहरुलाई गम्भीर घाइते हुने गरी टोकेको छ।
चितुवाले जुत्ता पालिस गर्ने एकजना व्यक्तिको कानमा झम्टिएको छ। उनी गम्भीर घाइते भएका छन्। चितुवा छिरेपछि पुरानो भवनका सबै इजलास खाली गरिएको थियो। यो चितुवा करिब ३५ मिनेटसम्म इजलासमा बसेको थियो।
इजलासमा चितुवाले अड्डा जमाएपछि न्यायाधीश, वकिल र मुद्दासम्वद्ध व्यक्तिहरु भागेर ज्यान बचाएका थिए।