काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा सात जनाको मृत्यु भएको छ । एकैदिन सडक सवारी दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो ।
त्यस्तै सात जनाको मृत शव फेला परेका छ भने विभिन्न घटनाका ११ जना अभियुक्तलाई पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको ।
ललितपुरको ललितपुर महानगरपालिका–४ सानेपापट्टीपा चोकमा गाडीको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ । हिजो (शनिबार) राति अल्फावेट नखुलेको गाडीको ठक्करबाट पैदलयात्री मृत्यु भएको हो ।
रामेछाप मथली नगरपालिका–५ सुनारपानी घर भई हाल ललितपुर सानेपा बस्ने ४७ वर्षीय रामकुमार पुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका पुरीको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने गाडीको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै दैलेखको आठबिस नगरपालिका–३ जाक्सीस्थित सडकमा ट्रकको ठक्करबाट पैदलयात्री मृत्यु भएको छ । हिजो राति ट्रकको ठक्करबाट उनको मृत्यु भएको हो ।
कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको भे. १ ख ३५१८ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । सोही नगरपालिका–४ बस्ने ५५ वर्षीय तिलबहादुर माझिको घटनास्थलमै मृत्यु भएको हो । हाल फरार रहेका ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यसैगरी बाँकेको कोहलपुर नगरपालिका–३ मदनचोकस्थित सडकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । हिजो (शुक्रबार) राति रा. १ क १३५६ नम्बरको ट्रकले भे. ७ प ८४३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट कोहलपुर नगरपालिका–११ बस्ने ३० वर्षीय जय प्रकाश घर्तीको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाल्पाको बगनासकाली गाउँपालिका–९ गुनठाँटीस्थित सडकमा लु.२ त ९८८४ नम्बरको ट्याक्टरले लु. ५३ प ७५७१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तानसेन नगरपालिका–१३ बस्ने १९ वर्षीय अभिषेक थापा र ३९ वर्षीया मीना थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल तानसेनमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाल्पाकै तिनाउ गाउँपालिका–५ चौबिस माईलस्थित सडकमा लु.२९ प ३२९७ नम्बरको मोटरसाइकललाई ग.२ ख ८४३ नम्बरको ट्रकले ठक्क दिँदा मोटरसाइकल चालक भारत घर भई हाल स्याङ्जा वालिङ नगरपालिका–८ बस्ने ३७ वर्षीय बिनय चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनि मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाहीको मलंगवा नगरपालिका–४ स्थित सडकमा ना.१ क ४९५१ नम्बरको स्कूल बसले बिआर ०६ पिबि ३५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कविलासी नगरपालिका–९ बस्ने १८ वर्षीय दिपेन्द्र महतोको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ घ्याम्पे बस्ने ८० वर्षीया राम कुमारी माईली श्रेष्ठ सोही उपमहानगरपालिका–१७ देराली डाँडाको जंगलमा हिजो (शुक्रबार) मृत अवस्थामा फेला परेकी छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–७ क्याम्पस चोक डेरा गरी बस्ने कञ्चनपुर पुनर्वास नगरपालिका–७ घर भएका ३३ वर्षीय सुमन अर्याल आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
दाङको राजपुर गाउँपालिका–६ गंगरुस्थित राप्ती नदीमा सोही ठाउँ बस्ने ६५ वर्षीय सरदारी चौधरी मृत अवस्थामा फेला परेका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ बस्ने ७७ वर्षीया सागुनी थजाली सोही ठाउँस्थित मिस्ट्रीखोला हाईड्रो पावर नजिकै रहेको खोलामा मृत अवस्थामा फेला परेकी छन् ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित पुरानो स्वास्थ चौकीको भवनको कोठामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा नहर चोकमा हाल नाम, थर, वतन नखुलेका पुरुष मृत अवस्थामा फेला परेका छन् ।
पर्साको जगरनाथपुर गाउँपालिका–६ प्रसौनीस्थित नहरमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ११ ट्याबलेट र कोरेक्स ४७ बोतलसहित सुनसरी कोशी गाउँपालिका–६ घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले झापाबाट काठमाडौं आउँदै गरेको बा.प्र.०२–०३–००१ ख १०१० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार ती किशोरलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीको गोदावरी नगरपालिका–२ बसपार्कस्थित होटलबाट अवैध लागूऔषध चरेसजस्तो देखिने पदार्थ १ किलो ५ ग्रामसहित बझाङ छबिसपाथिभेरा गाउँपालिका–६ बस्ने २९ वर्षीय सत्य नारायण फुलारालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले होटल तलासी गर्दा सत्य नारायणलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहराबाट अवैध लागूऔषध चरेस १ किलो ६ सय ३२ ग्रामसहित सोही उपमहानगरपालिका–१२ बस्ने २८ वर्षीय तुलाराम खत्रीलाई हिजो (शुक्रबार) राति प्रहरीले पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यालबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ४ सय ३० मिलिग्रामसहित सोही उपमहानगरपालिका–१३ बस्ने २३ वर्षीय सन्तोष रानालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम र नगद २ लाख २२ हजार ८ सय ६५ रूपैयाँसहित सोही नगरपालिका–१० बस्ने २२ वर्षीय रहिस कबडियालाई प्रहरीले पक्राउ गरेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ र नगदसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–७ फुलबारी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम र नगद १ लाख १ हजार रूपैयाँसहित २ जनालाई हिजो (शुक्रबार) राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–७ बस्ने २९ वर्षीय प्रेम दमाई र २७ वर्षीय सुनिल थापा रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ र नगदसहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका–४ बसपार्कबाट अवैध लागूऔषध चरेस ३ ग्राम ५ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाजुरा बुढीगंगा नगरपालिका–३ घर भई हाल कञ्चनपुर भिमदत्त नगरपालिका–२ भाँसी बस्ने २५ वर्षीय दिपेन्द्र शाह र दार्चुला मालिकार्जुन नगरपालिका–५ डाँडाकोट घर भई हाल कञ्चनपुर भिमदत्त नगरपालिका–१५ गोवरिया डेरा गरी बस्ने २० वर्षीय नविन अवस्थी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी (पूर्व)को मध्यबिन्दु नगरपालिका–१४ चोरमारा जंगलस्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ६१ एम्पुल, डाईजेपाम १ सय ६१ एम्पुल र नुर्फिन १ सय ६१ एम्पुलसहित कास्की पोखरा महानगरपालिका–१९ बस्ने २५ वर्षीय आशिष हिताङलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ना.६ ख ७८७० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार आशिषलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
झापाको कमल गाउँपालिका–३ बस्ने ३५ वर्षीय राजकुमार लावतीलाई अवैधलागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्राम र नगद १० हजार ९ सय १० रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा लागूऔषध बेचबिखन भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
थप समाचार :