• मंसिर १५ २०८१, शनिबार

अब देशको अर्थनीति बदल्नु पर्दछ : अर्थमन्त्री पौडेल

माघ १८ २०७९, बुधबार

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्याउन नहुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित अर्थतन्त्रको चुनौती र समाधानका उपायबारे अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

सरकार नयाँ समस्याको चाङका अगाडि रहेको भन्दै यस्तो अवस्थामा विगतका अभ्यास अनुशरण नगर्ने उनले बताए । यस क्रममा अर्थमन्त्री पौडेलले बजेटको आकारलाई वास्तविक बनाउनु पर्ने बताएका थिए । अहिले बजेटको खर्च कटौती सम्बन्धी अर्थ मन्त्रालयले महत्वपूणर् निणर्य गरे पनि अर्थतन्त्र सुधारको लागि त्यति मात्रैले नपुग्ने उनले बताए ।

मन्त्री पौडेलले अहिले आर्थिक नीति परिमार्जन गर्ने बेला भएको पनि बताएका छन् । साथै खर्च कटौतीको निणर्यलाई प्रभावकारी कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको पनि उनको भनाइ थियो । मन्त्री पौडेलले अर्थतन्त्रमा काम नलाग्ने संरचना र नीतिलाई हटाउनका लागि गृहकार्य आवश्यक भएको पनि बताए ।

‘मुलुकको आर्थिक समस्याबारे यसको समाधानका बारेमा चर्चा भइरहेको छ । समस्याका प्रवृत्तिहरु फरक फरक छन्, कति तात्कालिक महत्त्वका समस्याहरु छन्, तत्काल समाधान गर्नुपर्छ, कति दीर्घकालीन छन्, कति मध्यकालीन छन् । त्यही अनुसारका नीतिहरु अघि सार्नुपर्छ तर तत्कालका समस्या समाधान गर्नुपरेको छ, दीर्घकालीन नीतिहरु अघि सारेर हुँदैन । अहिले सरकारले जे जस्ता नीतिहरु अघि सार्दैछ, यो भनेको ज्वरो आउनुभन्दा अघि किन आयो भन्नुभन्दा सिटामोल ख्वाइन्छ, त्यसैले कतिपय बेला तत्कालका उपायहरु अपाउनुपर्छ । हामी नयाँ समस्याहरुका चाङको सामुन्नेमा छौं, बजेटको आकारको चर्चा गर्नुभयो, बजटको आकारका सन्दर्भमा हमीले जस्तो अभ्यास गर्दै आएका छौं, अब त्यही अभ्यासलाई अनुशरण गर्ने अनुमति अब हामीलाई छैन,’ अर्थमन्त्री पौडेलले भने । यसैबीच उनले आफूहरूले व्यवहारिक बजेट ल्याउने पनि बताए ।