काठमाडौं । नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य पुन बढेको छ। बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा ५०० रुपैयाँ बढेपछि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ।
यसअघि मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले नै घटेको थियो। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।