• जेष्ठ ८ २०८३, शुक्रबार

धनुषाको सखुवा इलाका प्रहरी कार्यालयबाट हिरासत फोडेर ६ जना थुनुवा फरार

माघ १६ २०७९, सोमबार

काठमाडौं । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर ६ जना थुनुवा फरार भएका छन्। सोमबार बिहान विभिन्न मुद्दामा पक्राउ परेका थुनुवाहरु फरार भएका हुन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्व खड्काका अनुसार हिरासतको पर्खाल फोडेर उनीहरु भागेका हुन्।

भागेका थुनुवाहरुको खोजी भइरहेको उनले जानकारी दिए। प्रहरी स्रोतका अनुसार उक्त हिरासतमा ७ जना थुनुवा रहेका थिए। सवारी ज्यान मुद्दाका एक जना भने त्यही रोकिएको पाइएको छ।