• जेष्ठ ८ २०८३, शुक्रबार

पेट्रोल छर्की आगो लगाउँदा २ वर्षीय छोराको मृत्यु, आमा गम्भीर घाइते

माघ १६ २०७९, सोमबार

बाँके । बाँकेको शक्तिनगर नगरपालिकामा एक युवाले आमा र छोराको शरीरमा पेट्रोल छर्केर आगो लगाइदिएका छन् ।

कोहलपुर नगरपालिका–२ शक्तिनगर बस्ने ३० वर्षीय भानुभक्त बिकले घरायसी झगडा परेपछि आमा र छोराको शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्। आगोमा जलेर भानुभक्तकी आफ्नै श्रीमती ३० वर्षीया गंगा बिक गम्भीर घाइते भएकी छन् । उनकै छोरा २ वर्षीय प्रिन्स बिकको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।

आगो लगाउने भानुभक्त बिकलाई जमुनाहा नाकाबाट आज (सोमबार) बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

आगो लगाउँदा जलेर गम्भीर घाइते भएका गंगा बिक र प्रिन्स बिकको मेडिकल कलेज कोहलपुरमा सामान्य उपचार पश्चात् थप उपचारको लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएकोमा उपचारको क्रममा प्रिन्स बिकको सोमबार बिहान मृत्यु भएको हो ।

यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।